+
+

खानेपानीमन्त्री यादव र एडिबी निर्देशकबीच भेटवार्ता

इन्टिग्रेटर खानेपानी आयोजना कार्यान्वयन मोडालिटी तैयारी सम्बन्धमा मन्त्री यादव र निर्देशक कोस्वाबीच छलफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ९ गते २२:४९

९ माघ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव र एसियाली विकास बैंक (एडीबी) का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाबीच भेटवार्ता भएको छ ।

भेटवार्तामा इन्टी ग्रेटर खानेपानी आयोजना कार्यान्वयन मोड़ालिटी तैयारीसम्बन्धी नेपालमा लागू हुने खानेपानीका एकीकृत खानेपानी तथा सरसफाई परियोजनासम्बन्धी विविध विषयमा गहन छलफल भएको मन्त्री यादवको सचिवालयले जनाएको छ ।

बैठकमा एकीकृत खानेपानी तथा सरसफाइ आयोजनाको कार्यान्वयन मोडालिटी, सुधारिएको शहरी खानेपानी मोडल, र सुधारिएको क्षेत्रीय सहरी विकास परियोजना (आरयूडीपी) मोडललाई प्राथमिकताका साथ अघि बढाउने विषयमा छलफल भएको सचिवालयको भनाइ छ ।

खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार, यी परियोजनाका विषयमा विगत दुई वर्षदेखि विषय उठान गरिए पनि मन्त्री यादवको सक्रियतामा मन्त्रालयका अधिकारीहरू र एडिबी प्रतिनिधिहरूबीच विस्तृत छलफल सुरु भएको हो । उनले दुई मोडेलका माध्यमबाट आयोजना कार्यान्वयनको सम्भावना छानबिन गरिने जानकारी दिए ।

छलफलका क्रममा मन्त्री यादवले एडिबीको ऋण सहयोगमा नेपालमा सञ्चालित सडक, शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता परियोजनाहरूले नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताए । उनले भने, ‘एडिबीको परियोजनाप्रति नेपाली नागरिक सन्तुष्ट छन् । एडिबीको लगानी सफल होस् र खानेपानीका आयोजना समयमा सम्पन्न होस् भन्ने सरकारको मुख्य प्राथमिकता हो ।’

एडिबीका निर्देशक आर्नो कोस्वाले नेपालमा खानेपानी लगायतका क्षेत्रमा एडिबीको दीर्घकालीन लगानी र सफलताका उदाहरणहरू प्रस्तुत गर्दै नयाँ परियोजनाहरू शीघ्र कार्यान्वयनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले भने, ‘नयाँ खानेपानी परियोजना लागू गर्न एडिबी पूर्ण रूपमा प्रतिबद्ध छ, र यसले नागरिकलाई शुद्ध पानी उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्नेछ ।’

बैठकमा खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्य, ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, सहसचिव रमाकान्त दुवाडी, र एडिबीका नेपाल प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?