+
+

अखिल क्रान्तिकारीका ३३ पदाधिकारीमा १६५ उम्मेदवार, सचिवमामात्रै ६२ जना

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते ८:०५

१० माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

निर्वाचन समितिले अनलाइनमार्फत मनोनयन दर्ता भएका उम्मेदवारको सूची अनलाइनमै सार्वजनिक गरेको हो । सार्वजनकि सूची अनुसार पदाधिकारी र अन्य पदमा आवश्यक संख्याको कयौं गुणा बढी उम्मेदवारी परेको छ ।

निर्वाचन समितिका अनुसार ३३ जना पदाधिकारीका लागि १६५ जनाको उम्मेदवारी परेको छ । सबैभन्दा धेरै सचिव पदका लागि र सबैभन्दा कम कोषाध्य पदका लागि उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि ६ जनाको उम्मेदवारी परेको छ । जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रका शर्मा सापकोटा, विश्वमणि थापा योगेन्द्रबहादुर बुढा रहेका छन् । उनीहरूलाई पार्टीका विभन्न नेताहरूको समर्थन रहेको छ ।

यस्तै महासचिवमा १० जनाको उम्मेदवारी परेको छ । पदमप्रसाद काफ्ले, प्रतिक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, रोशन खड्का, गोविन्द बानिया, सन्जिब फुयाल, तिर्सना हमाल, शिव बस्नेत र संजयकुमार महतोले महासचिवमा उम्मेदवारी दिएका हुन् ।

यस्तै, उपाध्यक्षमा ४४ जनाको उम्मेदवारी परेको छ भने उपमहासचिवमा ३८ जनाको उम्मेदवारी परेको छ । सचिवमा ६२ जना र कोषाध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन् ।

विभिन्न तीन आयोगको अध्यक्षका लागि ९ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोग अध्यक्षमा चार जना, लेखा आयोग अध्यक्षमा तीन जना र अनुशासन आयोग अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

अखिल क्रान्तिकारीको २४३ जनाको केन्द्रीय समितिमा पदाधिकारी ३३, सचिवालय सदस्य, केन्द्रीय सदस्य १६२ जनाका लागि निर्वाचन हुन लागेको हो ।

मतदान १२ गते हुँदैछ ।  उम्मेदवारविरुद्धको उजुरीको छानबिनका साथै उम्मेदवारी फिर्ताको समय रहेको छ ।  अखिल क्रान्तकारीको वेबसाइटको निर्वाचन पेजमा गएर उम्मेदवारको सूची हेर्न र उजुरी गर्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?