+
+

सञ्चित नोक्सानीमा रहेको ओम मेगाश्री फर्मास्युटिकल्सले आईपीओ जारी गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते ९:३९

१० माघ, काठमाडौं । औषधि उत्पादन कम्पनी ओम मोगाश्री फर्मास्युटिकल्सले माघ २१ देखि आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले वैदेशिक रोजगारमा रहेकालाई पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो । वैदेशिक रोजगारमा रहेकाले फागुन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी ६० करोडमध्ये ३० प्रतिशत सेयर सर्वसाधारणमा जारी गर्न लागेको छ । १८ लाख कित्ता सेयर सर्वसाधारणमा जारी हुनेछ । वैदेशिक रोजगारमा रहेकाहरुका लागि १ लाख ८० हजार कित्ता सेयर निष्कासन हुने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीले केयर नेपालबाट बीबी माइनस रेटिङ प्राप्त गरेको छ । विभिन्न आयुर्वेदिक औषधि उत्पादन तथा आयात गर्ने, सर्जिकल सामान आयात तथा बिक्री वितरण गर्ने काम कम्पनीले गर्दै आएको छ ।

चालु आर्थिक वर्ष पुस मसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी जम्मा ९८ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ९१ रुपैयाँ १५ पैसा छ । पुस मसान्तसम्म कम्पनीको सञ्चित नोक्सानी ३ करोड ७१ लाख रुपैयाँ छ । यस आर्थिक वर्ष पनि सञ्चित नोक्सानी कायमै रहने कम्पनीको प्रक्षेपण छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?