+
+

ओपन नेपाल पोर्टलको शुरुवात

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते ६:००

१० माघ, काठमाडौँ । सार्वजनिक निकायको पारदर्शीता र जवाफदेहीतालाई तथ्यांक एवं प्रविधिको माध्यमबाट प्रवर्द्धन गर्ने उद्देश्यले ओपन नेपाल अनलाइन पोर्टल शुरु भएको छ ।

पारदर्शिता र तथ्यांकहरुको खुलापनमा वकालत गर्ने संस्थाहरुले उक्त सञ्जाल सञ्चालनमा ल्याएका हुन् । राजधानीमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेश कुमार आचार्यले पोर्टलको उदघाटन गरे ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डा. शिवराज अधिकारीले नेपालको विकास आयोजनासम्बन्धी विस्तृत विवरण र तथ्यांकको एकीकृत भण्डारण र सार्वजनिकीकरण आवश्यक रहेको बताए ।

विभिन्न सरकारी तथ्यांक एवं विवरणहरुलाई सार्वजनिक पहुँचमा ल्याउने र जनहितमा त्यसको प्रयोग गर्ने उद्देश्यले सन् २०१३ मा ओपन नेपाल अभियान शुरु भएको थियो । ओपन नेपालले सार्वजनिक निकाय, गैरसरकारी संस्था, विकास साझेदार संस्था एवं निजी क्षेत्रका तथ्यांक एवं विवरणहरुलाई सार्वजनिक गर्दै आइरहेको छ ।

योङ इन्नोभेसन्सका अध्यक्ष विभूषण विष्टले संघीयताको अभ्यास, सुशासन प्रवर्द्धन एवं खुला सरकारको अवधारणा कार्यान्वयनका लागि तथ्यांकमा जनताको सहज पहुँच हुनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न संस्थाहरुबाट खुला तथ्यांकबारे तयार पारेको पोर्टल र एपहरुको प्रस्तुतीकरण भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?