+
+

कृषि विश्वविद्यालयका १५ जना उपप्राध्यापकसँग अनुसन्धानवृति सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते १२:२०

१० माघ, चितवन । चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत अनुसन्धान तथा प्रसार निर्देशनालयले विश्वविद्यालयका कार्यरत १५ जना उपप्राध्याकसँग विभिन्न विषयमा अनुसन्धान गर्न आज सम्झौता गरेको छ ।

विश्वविद्यालय अनुदान आयोगको सहयोगमा विश्वविद्यालयका विभिन्न आंगिक क्याम्पसमा अध्यापन गराउने उपप्राध्यापकहरुलाई स्थानीय रुपमा रहेका समस्याहरुको अनुसन्धान गर्न सम्झौता गरिएको निर्देशनालयका निर्देशक प्रा.डा.निराजन भट्टराईले जानकारी दिए ।

निर्देशनालयले कलेजमा कार्यरत शिक्षकहरुलाई स्थानीय रूपमा रहेका समस्यामा अनुसन्धान गर्न प्रस्ताव आह्वान गरे अनुसार प्राप्त प्रस्तावहरुको छनौट गरी १५ जनालाई अनुसन्धानवृत्तिका लागि सम्झौता गरेको हो ।

अनुसन्धानकर्ता उपप्राध्यापकहरुले अनुसन्धानका लागि एक लाख रुपैयाँ अनुदान आयोगबाट अनुदान पाउँछन् । एक वर्षभित्र अनुसन्धान सकेर प्राप्त नतिजासहितको रिर्पोट निर्देशनालयमा बुझाउनुपर्ने निर्देशक प्रा.डा. भट्टराईले बताए ।

निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक रामहरि तिमिल्सिनाले स्थानीय ठाँउमा आएका समस्याहरुलाई लक्षित गरी अनुसन्धान गरी र प्राप्त नतिजा किसानको समक्ष पुर्‍याइने योजना रहेको बताए ।

उनका अनुसार नेपालमा पाइने रैथाने जातका कुखुराको जैविक प्रतिरोधी क्षमता, माटोको एकीकृत खाद्य तत्व व्यवस्थापन, अकबरे खुर्सानीको उत्पादकोत्व वृद्धि, रोल्पा जिल्लामा पाइने हिमालय अल्लोको वित्तीय विश्लेषण तथा बजारीकरणको सम्भाव्यता, सालको मोटाइ तथा काष्ठ उत्पादन जस्ता विषयमा अनुसन्धानकर्ताहरुले अनुसन्धान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?