१० माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ अन्तर्गत बिहीबारदेखि सुरू भएको सुपर फोरमा एपीएफ क्लबले विजयी सुरूवात गरेको छ । एपीएफले बागमती प्रदेशलाई १० विकेटले हरायो ।
१८ ओभरमा छोट्याइएको खेलमा बागमतीले दिएको ४३ रनको लक्ष्य एपीएफले ६.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । ममता चौधरी २३ तथा राजमती ऐरी १४ रनमा अविजित रहे ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले १८ ओभरमा ८ विकेट गुमाएर ४२ रन बनाएको थियो । बागमतीका लागि एली यादव र यशु पाण्डेले सर्वाधिक समान ८ रन बनाए ।
एपीएफका लागि सुमन विष्टले ३ तथा रेखा रावल र बिनु बुढाले २-२ विकेट लिए । कविता जोशीले १ विकेट लिइन् ।
पीएम कपको सुपर फोरमा त्रिभुवन आर्मी, बागमती प्रदेश, एपीएफ र सुदूरपश्चिम प्रदेश पुगेका छन् ।
प्रतिक्रिया 4