+

सभापति कप फुटबल : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

२०८१ माघ  १० गते १७:०२ २०८१ माघ १० गते १७:०२
सभापति कप फुटबल : चर्च ब्वाइजलाई हराउँदै संकटा सेमिफाइनलमा

१० माघ, काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई पराजित गर्दै संकटा एफसी सभापति कप फुटबल २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको पहिलो खेलमा काठमाडौंको संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइजलाई ३-० ले पराजित गरेको हो ।संकटाका लागि अबेका रिचर्डले दुई तथा चन्दन दासले एक गोल गरे ।

खेलको २१औं मिनेटमा अबेकाले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको संकटाले दोस्रो हाफमा दुई गोल थप्यो । ७०औं मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गर्दै संकटाको अग्रता दोब्बर पारे । दुई मिनेटपछि नै चन्दस दासले गोल गरेपछि संकटाले ३-० को अग्रता बनायो ।

राष्ट्रिय टिमका खेलाडीहरु रहेको चर्च ब्वाइजले पनि गोल गर्ने अवसर बनाएपनि फिनिसिङ हुन सकेन । चर्च ब्वाइजका फरवार्ड समीर तामाङले गोल गर्ने दुई अवसर सदुपयोग गर्न सकेनन् ।

संकटाले अब मछिन्द्र क्लब र नेपाल एपीएफ क्लबबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ । मछिन्द्र र एपीएफबीच शुक्रबार खेल हुनेछ ।

नेपाली कांग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कपमा ८ टोलीको सहभागिता छ ।

चर्च ब्वाइज युनाइटेड संकटा क्लब सभापति कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय