
१० माघ, काठमाडौं । लागुऔषधको दुर्व्यसनमा परेका काठमाडौं महानगरपालिका–३२ का ३३ वर्षीय सनराइज खड्का तपोवनस्थित सक्षम सुधार केन्द्रमा बस्दै आएका थिए ।
सुधार केन्द्रमा रहेका खड्काले आफूसँग पेस्तोल रहेको बताए । उक्त सूचना प्रहरीसम्म पुगेको थियो ।
खड्काले काठमाडौं–३२ स्थित बिश्पुल होटलको कोठामा पेस्ताल लुकाएर राखेको बताए । उनै खड्कालाईसमेत लगेर खानतलासी गर्दा होटलको ४०१ नम्बर कोठामा पेस्ताल भेटिएको थियो ।
त्यसपछि सुधार केन्द्रमा रहेका खड्कालाई १४ पुसमा प्रहरीले आफ्नो हिरासतमा लियो । उक्त कोठामा ९ एमएम पेस्ताल, म्यागजिन, ९ राउण्ड गोली बरामद भएको थियो । खड्काले २०८० सालमा भारतबाट उक्त पेस्तोल २० हजारमा खरिद गरेको बयान दिएका छन् ।
हतियार बरामद भएपछि खड्कालाई अहिले हातहतियार तथा खरखजनाको मुद्दा दर्ता गरिएको प्रहरी प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध हातहतियार तथा खरखजनाको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
प्रतिक्रिया 4