+

केसीए यू–१४ क्रिकेट शुक्रबारदेखि, विजेतालाई ५० हजार

२०८१ माघ  १० गते २०:५९ २०८१ माघ १० गते २०:५९
केसीए यू–१४ क्रिकेट शुक्रबारदेखि, विजेतालाई ५० हजार

१० माघ, काठमाडौं । काठमाडौं क्रिकेट एकेडेमीको आयोजनामा हुने केसीए यू–१४ क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरू हुँदै छ ।

२२ गतेसम्म चल्ने प्रतियोगितामा आयोजकसहित १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको सबै खेल चुनिखेल–१३, बुढानिलकण्ठमा रहेको केसीएको मैदानमा हुनेछ।

यस्तै प्रतियोगिताको विजेताले ५० हजार पाउनेछ भने उपविजेताले ३० हजार पाउने आयोजकले बताएको छ। प्रतियोगिताको बेस्ट ब्याटर, बेस्ट बलर उत्कृष्ट खेलाडीले समान ५ हजार पाउनेछन्।

आयोजकको अनुसार केसीएले ग्रासरुट क्रिकेटको महत्त्वलाई मध्यनजर गर्दै उमेर समुहको पहिलो प्रतियोगिताको थालनी गरेको बताए। यो हाम्रो केसिएको क्यालेन्डरमा राखेर प्रत्येक बर्ष प्रतियोगिता आयोजना गर्ने प्रबन्ध निर्देशक सबिन कार्कीले बताए।

साथै अन्य उमेर समुहका प्रतियोगिता पनि संचालन गर्ने लक्ष्य लिएको पनि बताए।

प्रतियाेगितामा सहभागि टिमहरूमा हिमालयन क्रिकेट एकेडेमी ए, नेक्सस क्रिकेट एकेडेमी ए, ओएसिस क्रिकेट एकेडेमी, भक्तपुर म्युनिसिपल क्रिकेट एशोसिएसन, हिमालयन क्रिकेट एकेडेमी बी, नेक्सस क्रिकेट एकेडेमी बी, बल पार्क क्रिकेट एकेडेमी, भक्तपुर क्रिकेट सेन्टर, हिमालयन क्रिकेट एकेडेमी सी, सीईसी भक्तपुर, किंग्स क्रिकेट एकेडेमी र काठमाडौं क्रिकेट एकेडेमी छन् ।

केसीए यू–१४ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय