+
+

फिल्म ‘जुना’को मर्मस्पर्शी गीत ‘आमाको मुहार’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १० गते २१:४५

काठमाडौं । आगामी माघ २५ गतेबाट रिलिज हुने फिल्म ‘जुना : एक व्यथा’को गीत ‘आमाको मुहार’ सार्वजनिक भएको छ । गीतमा यदु राई लकान्द्रीको स्वर, जीवन सेन्चुरीको शब्द र रमेश सन्चुरीको संगीत एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।

ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा बालविवाहपछि एक बालिकाको जीवनमा आइपर्ने उतारचढावलाई देखाइएको छ । विवाह गरेर गएपछि श्रीमानले दिने यातना, सासुको क्रुद्ध व्यवहारलाई गीतमा देखाइएको छ ।

गीत फिल्मकी मुख्य पात्र अस्मिता ढकाल वरपर घुमेको छ । भिडियोमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेतलगायतलाई समेटिएको छ । गीत जति मार्मिक छ, भिडियो उत्तिकै पीडादायी छ । गीतमा अस्मिताको अभिनय जीवन्त देख्न सकिन्छ ।

गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्मका निर्माता दीपकप्रसाद घिमिरे हुन् । निर्माता घिमिरेले बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले फिल्म निर्माण गरिएको बताए ।

फिल्मका निर्देशक जीवन सेञ्चुरी हुन् । उनले ‘जुना ः एक व्यथा’ एक ऐतिहासिक र विशिष्ट प्रकृतिको फिल्म रहेको बताए । ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडी जस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीले भने ।

फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरा र खगेन्द्र न्यौपानेको अभिनय छ । पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द, अञ्जु पन्त, पूर्णकला बिसी र यदु राई लकान्द्रीको स्वर र रामेश्वर हुमागाईंको डिओपी छ । फिल्मको वितरण एप्पल इन्टरटेनमेन्ट, रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?