+

यू-१९ महिला विश्‍वकपको प्लेअफमा नेपालले मलेसियासँग खेल्दै

२०८१ माघ  ११ गते ८:११ २०८१ माघ ११ गते ८:११
यू-१९ महिला विश्‍वकपको प्लेअफमा नेपालले मलेसियासँग खेल्दै

११ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकप २०२५ को समूह चरणबाट अघि बढ्न नसकेको नेपालले आज प्लेअफ खेल खेल्दै छ । नेपालले समूह ए बाट बाहिरिएको मलेसियासँग प्लेअफमा खेल्न लागेको हो ।

नेपाल र मलेसियाबीचको खेल मलेसियाको जोहोरस्थित जोहोर एकेडेमी क्रिकेट ओभलमा दिउँसो नेपाली समयअनुसार सवा १२ बजेदेखि सुरू हुनेछ । नेपालको कप्तानमा पुजा महतो तथा मलेसियाको कप्तानमा नुर दानिया सुहादा छन् ।

नेपालले समूह चरणमा बंगलादेश, स्कटल्याण्ड र अस्ट्रेलियासँग हार व्यहोरेको थियो । तीनवटै खेलमा पराजित भएपछि नेपाल सुपर सिक्समा पुग्न सकेन ।

उता मलेसिया भने तीनवटा टेस्ट राष्ट्र भारत, श्रीलंका र वेस्ट इन्डिज रहेको समूहमा परेको थियो । मलेसिया तीनवटै खेलमा पराजित हुँदै सुपर सिक्समा पुग्न सकेन ।

पहिलोपटक विश्‍वकप खेलेको मलेसिया आयोजक टोली भएकाले सिधै विश्‍वकपमा स्थान बनाएको थियो । नेपालले एसिया छनोट जितेर विश्‍वकपमा प्रवेश गरेको थियो ।

आजै विहान हुने अर्को प्लेअफ खेलमा पाकिस्तान र सामोआ खेल्ने छन् । समूह चरणमा जितविहीन रहेका चारवटै टोलीलाई घर फर्कनुअघि सान्त्वना जित निकाल्ने अवसर छ ।

समूह चरणमा मलेसियाको नेपालभन्दा कमजोर प्रदर्शन देखिएको थियो । त्यसकारण नेपालको जितको सम्भावना बढी देखिन्छ ।

आजका खेलहरू : 

पाकिस्तान यू-१९ महिला भर्सेस् सामोआ यू-१९ महिला : विहान ८:१५
मलेसिया यू-१९ महिला भर्सेस् नेपाल यू-१९ महिला : दिउँसो १२:१५

आईसीसी यू-१९ महिला टी-२० विश्वकप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय