+
+

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दाङमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ९:२६

११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश दौडाहाका क्रममा दाङ पुगेका छन् ।

उनले आज तुलसीपुरको बटोलपुरमा शहीद परिवारसँग भेटघाट गरी त्यहीँ खाना खाएर तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उदघाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

तुलसीपुरको कार्यक्रमपछि उनी शहीदस्मृति आवासीय माविमा पुगेर त्यहाँ अध्ययनरत शहीदका सन्ततिसँग भेटघाट गर्ने र साँझ घोराहीमा उद्योगी व्यापारीसँगको छलफल गर्ने तय भएको छ ।

अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौ फर्कने छन् । उनी लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा नवनिर्मित अस्पताल भवन उदघाटन लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?