+
+

महाधिवेशनको मिति नतोकिँदै कांग्रेस महामन्त्रीमा नैनसिंह महरको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते ११:३३

११ माघ, काठमाडौ । नेपाली कांग्रेसको १५ औं महाधिवेशनको मिति निश्चित नहुँदै केन्द्रीय सदस्य नैनसिंह महरले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

नेपाल विद्यार्थी संघको पूर्वअध्यक्ष महर गत महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य हुन् । महर कांग्रेसको केन्द्रीय शिक्षा विभागका प्रमुख समेत हुन् ।  महरले ‘मिसन महामन्त्री’ बनाई प्रचार सुरु गरिसकेका छन् ।

पार्टीको महाधिवेशनको समय सार्ने मनोवृत्ति अन्त्य हुनुपर्ने माग सहित महरले उम्मेदवारी घोषणा गरेका छन् । राजनीति गर्नेले माथिल्लो पदमा पुग्नका लागि क्रियाकलाप गर्नु स्वभाविक हुने भएकाले आफूले महामन्त्री पदमा दाबी गरेको उनले बताए ।

चार वर्षभित्र महाधिवेशन हुँदा आउने मंसिरबाट निर्वाचित कार्यसमिति आउनुपर्ने हुन्छ । विधानले एक वर्षे अवधि थप्न सकिने व्यवस्था गरेको छ । पार्टीभित्र नियमित समयमै महाधिवेशन हुनुपर्ने र मंसिरभित्र १५ औं महाधिवेशनको हुने सम्भावना नरहेको दुई थरी मत छन् । ‘नियमित समयमा महाधिवेशन गर्न अहिले भन्दा १० गुणा बढी काम गर्नुपर्दछ । अहिले दबाब सिर्जना गर्न सकिएन भने महाधिवेशन समयमा हुनसक्दैन,’ महरले अनलाइनखबरसँग भने । महरले १६५ निर्वाचन क्षेत्रमै पुगेर पार्टीका काम र प्रचारमा लाग्ने बताए ।

महामन्त्री पदका लागि आकांक्षा राख्ने नेताहरु धेरै भएपनि सार्वजनिक रुपमा बोल्ने महर पहिलो व्यक्ति हुन् । कांग्रेसको विधान अनुसार निर्वाचित दुई महामन्त्री हुने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?