+

यू-१९ महिला विश्‍वकप : प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै

२०८१ माघ  ११ गते ११:५५ २०८१ माघ ११ गते ११:५५
यू-१९ महिला विश्‍वकप : प्लेअफमा मलेसियाविरूद्ध नेपाल पहिले बलिङ गर्दै

११ माघ, काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्‍वकपको प्लेअफ खेलमा नेपाल र मलेसिया खेल्दै छन् । खेलमा नेपालले टस जितेको छ ।

नेपालकी कप्तान पुजा महतोले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेकी छन् । नेपालले समूह चरणमा मौका नपाएका दुई खेलाडीहरू स्नेहा महरा र कुसुम गोदारलाई आज मौका दिएको छ ।

नेपाल समूह डी तथा मलेसिया समूह ए बाट अघि बढ्न सकेका थिएनन् । नेपाल आजको खेल जित्दै सान्त्वना जितका साथ घर फर्कन चाहन्छ ।

आईसीसी यू-१९ महिला टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय