+
+

६ महिनामा काठमाडौं महानगरले उठायो लक्ष्यको ४१ प्रतिशत राजस्व

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ ११ गते १८:५७

११ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वार्षिक राजस्व लक्ष्यको ४०.९६ प्रतिशत हासिल गरेको छ ।

आन्तरिक राजस्व, बाँडफाँटबाट प्राप्त हुने राजस्व र आन्तरिक अनुदानसहित कुल वार्षिक लक्ष्य १२ अर्ब ९० करोड ६३ लाखमध्ये ५ अर्ब २८ करोड ६१ लाख उठाउन सकेको हो ।

३ अर्ब बढी आन्तरिक राजस्व

महानगरले चालु आव पहिलो ६ महिनामा ८ अर्बभन्दा बढी आन्तरिक राजस्व उठाएको छ । महानगरले पुस मसान्तसम्म कुल आन्तरिक राजस्वको वार्षिक लक्ष्य ८ अर्ब ३ करोड ५७ लाख ९० हजार रुपैयाँको ४०.८५ अर्थात् ३ अर्ब २८ करोड २७ लाख रुपैयाँ उठाएको हो ।

आन्तरिक राजस्वमध्ये काठमाडौंले सबैभन्दा धेरै घर बहाल कर १ अर्ब ६३ करोड ५२ लाख रुपैयाँ उठाएको छ । महानगरले ३ अर्ब ७१ करोड ८६ लाख रुपैयाँ घर बहाल कर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

यस्तै १ अर्ब ७० करोड रुपैयाँ सम्पत्ति कर उठाउने वार्षिक लक्ष्य राखेको महानगरले ६ महिनामा ८३ करोड ७ लाख रुपैयाँ उठाएको छ ।

यस्तै महानगरका आम्दानीमध्ये रहेको बाँडफाँटबाट प्राप्त राजस्वमा भने कमजोर देखिएको छ । महानगरले पुस मसान्तसम्म बाँडफाँटबाट प्राप्त राजस्वको वार्षिक लक्ष्य २ अर्ब ५० करोड २६ लाखमध्ये २५.३७ प्रतिशत मात्रै अर्थात् ६३ करोड ४८ लाख प्राप्त गरेको हो ।

यस्तै महानगरको आयस्रोतमध्ये रहेको आन्तरिक अनुदानतर्फ १ अर्ब ३६ करोड ८५ लाख जम्मा गरेको छ । जुन वार्षिक लक्ष्य २ अर्ब ३६ करोड ७८ लाखको ५७.८० प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?