+

टिप टप इन्डो नेपाल टी-२० एकेडेमी क्रिकेट आइतबारदेखि

२०८१ माघ  ११ गते २१:३७ २०८१ माघ ११ गते २१:३७
टिप टप इन्डो नेपाल टी-२० एकेडेमी क्रिकेट आइतबारदेखि

११ माघ, काठमाडौं । डिएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो। माघ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ।

यस्तै प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ। प्रतियोगितामा १६ वर्षमूनिका र कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन्।

लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा क्रिकेट एक्सिलेन्स सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, टिप टप डिएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ।

टिप टप इन्डो नेपाल टी-२० क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय