+

एनकेएल : काठमाडौंसँग रोमाञ्चक बराबरीपछि जनकपुर पहिलो क्वालिफायरमा

२०८१ माघ  ११ गते २१:४३ २०८१ माघ ११ गते २१:४३
एनकेएल : काठमाडौंसँग रोमाञ्चक बराबरीपछि जनकपुर पहिलो क्वालिफायरमा

११ माघ, काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा शुक्रबार शीर्ष दुई टोली जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीचको खेल रोमाञ्चक बराबरीमा सकिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा भएको खेलमा काठमाडौं र जनकपुरले ३९-३९ को बराबरी खेल्दै अंक बाँडेका हुन् । पहिलो हाफमा काठमाडौंले २५-१७ को अग्रता लिएको थियो । तर दोस्रो हाफमा जनकपुरले खेलमा पुनरागमन गर्दै २२-१४ को अग्रता बनाएपछि खेल बराबरीमा टुङ्गिएको हो ।

बराबरीपछि दुवै टोलीले ३-३ अंक जोडेका छन् । लिग चरणमा दुवै टिमले आफ्ना सबै ५ खेल खेलिसकेका छन् । यस नतिजापछि जनकपुर शीर्ष स्थानमा रहेर पहिलो क्‍वालिफायर खेल्ने पक्का भएको छ ।

यसअघि नै प्लेअफमा स्थान बनाइसकेको जनकपुरले ५ खेलबाट २३ अंक जोडेर शीर्ष स्थानमा छ । समान ५ खेलबाट १९ अंक जोडेर काठमाडौं दोस्रो स्थानमा छ । काठमाडौं पनि यसअघि नै प्लेअफ पुगिसकेको छ ।

काठमाडौंले अब शीर्ष दुई रहेर क्वालिफायर खेल्ने/नखेल्ने भन्ने टुङ्गो लाग्न विराटनगर ब्यान्डिट्सको अन्तिम लिग खेल कुर्नुपर्नेछ । विराटनगरले ४ खेलबाट १६ अंक जोडेर प्लेअफमा स्थान बनाइसकेको छ ।

अब लिग चरणको अन्तिम दिन शनिबार विराटनगरले पोखरा लेकर्ससँग खेल्नेछ । शनिबारै हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सबीच पनि खेल हुनेछ ।

अब प्लेअफ पुग्ने एक टोलीको मात्र टुङ्गो लाग्न बाँकी छ । धनगढी र हिमालयन रेइडर्स समान ६ अंक जोडेर क्रमश: चौथो र पाँचौ स्थानमा छन् । ४ अंकसहित पोखरा अन्तिम स्थानमा छ । अब धनगढी र र हिमालयन रेइडर्सबीच हुने खेलको विजेता प्लेअफमा पुग्नेछ ।

नेपाल कबड्डी लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय