+
+

गुल्मीमा एक जना महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १२:१२

१२ माघ, काठमाडौं ।  गुल्मीमा एक जना महिला मृत फेला परेकी छन् । मालिका गाउँपालिका वडानम्बर–८ डक्सुमारे की ४० वर्षकी गीता अर्याल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए ।

माइतिघरमा बस्दै आएकी अर्याललाई मालिका गाउँपालिका वडानम्बर–४ स्थित देउराली पिस पार्कको पश्चिम गेटमा सरसफाइको काम गर्ने निमलाल अर्याललले अचेत अवस्थामा फेला परेको भनेर प्रहरीलाई जानकारी गराएका थिए ।

महिलाले अत्याधिक मापसे गरी हिंड्ने गरेको र विगत ७ वर्षदेखि माइतिघरमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि डिएसपी दाहालको कमाण्डमा प्रहरी खटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?