+
+

बैतडी जिप दुर्घटना : उपचारको क्रममा २ को ज्यान गयो, ४ को उपचार जारी

बैतडीको सिगास गाउँपालिका– १ माडौंमा आज बिहान भएको जिप दुर्घटना घाइतेभएका दुई यात्रुको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा ज्यान गएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते १३:५१

१२ माघ, बैतडी । बैतडीको सिगास गाउँपालिका– १ माडाैंहमा आज बिहान भएको जिप दुर्घटना दुईजनाको मृत्यु भएको छ ।

सिगास गाउँपालिका– १ इरानाकी १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवैको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

प्रहरी निरीक्षक पाण्डेका अुनसार सुपप्र ०१००१ च ४०२८ नम्बरको जिप सडकबाट करिब पाँच सयमिटर खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा सिगासकै ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया भागरथी धामी घाइते भएका छन् । उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । जिपका चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरी निरीक्षक पाण्डेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?