+
+

फिल्म प्रवर्द्धन र पुस्तक सार्वजनिक गर्न नेपाल आइपुगे राजवल्लभ

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १२ गते २०:२७

काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘एक्टर : टेक वन’ प्रवर्द्धनको लागि अभिनेता राजवल्लभ कोइराला अमेरिकादेखि नेपाल आइपुगेका छन् । शनिबार अपरान्ह उनी काठमाडौं विमानस्थलमा अवतरण गरे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई को-एक्टर प्रदीप खड्कासहित फिल्म निर्देशक र निर्माताले स्वागत गरे । विमानस्थलमा मिडियासँग कुरा गर्दै उनले अभिनय, नेपाली फिल्म क्षेत्रमा आएको परिवर्तन, को-एक्टरहरू र आगामी समयको बारेमा कुरा गरे ।

फिल्म स्रोतका अनुसार, झण्डै १० दिनको काठमाडौं बसाइमा कोइरालाले फिल्म प्रिमियर, प्रवर्द्धन गतिविधि र आफूद्वारा लिखित कविता संग्रह पुस्तक ‘औरा’को विमोचन समारोहमा भाग लिनेछन् । फिल्मले सोमबार बेलुका क्यूएफएक्सको राधे राधे हलमा प्रिमियर गर्दैछ ।

लामो समयपछि यो फिल्मबाट अभिनयमा पुनरागमन गरेका कोइरालाको यसमा शीर्षमध्येको भूमिका छ । ‘पर्खि बसेँ’बाट फिल्ममा डेब्यु गरेका कोइरालाको पछिल्लो रिलिज फिल्म ‘हे युवा’ थियो जुन सन् २०१५ मा रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?