+
+

ताप्लेजुङ घटनाका घाइतेलाई सेनाको हेलिकप्टरमा काठमाडौं लगिंदै

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते ११:५४

१३ माघ, विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ मा प्रहरीसँगको झडपका क्रममा घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौं लगिने भएको छ ।

प्रहरीले चलाएको गोली लागेर यामबहादुर लिम्बू र सगुन लावती गम्भीर घाइते छन् । झडपका क्रममा भिरबाट लडेका धर्मान पालुङ्वाको अवस्था पनि गम्भीर छ ।

अस्पताल स्रोतका अनुसार सगुन लावतीको छातीमा गोली लागेको छ । यामबहादुरको तिघ्रामा गोली लागेको छ । पालुङ्वाको कुम (व्युटीबोन) भाँच्चिएको छ ।

उनीहरू शनिबार साझको झडपमा घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै  विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।

अस्पतालले थप उपचारका लागि रेफर गरेपछि काठमाडौं लैजाने तयारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए । ‘यहाँबाट रेफर भएपछि काठमाडौं पठाउन सेनाको हेलिकप्टर आउँदैछ,’ उनले भने, ‘हामीले यहाँबाट पठाउने प्रबन्ध गरेको हो ।’

मंगलबारदेखि पाथिभरामा केबलकार निर्माण सुरु गरिएको थियो । केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारदेखि थप आन्दोलन गर्ने तयारी गरेको थियो ।

आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुडा गरेका थिए । त्यसपछि प्रहरीले  गोली चलाएको थियो । झडप हुँदा २५ भन्दा बढी आन्दोलन कारी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा प्रहरी पनि घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?