+

टाइगर कप भलिबल : आयोजक टाइगर ग्रुप सोझो सेटमा विजयी

२०८१ माघ  १३ गते १२:२९ २०८१ माघ १३ गते १२:२९
टाइगर कप भलिबल : आयोजक टाइगर ग्रुप सोझो सेटमा विजयी

१३ माघ, काठमाडौं । आयोजक टाइगर ग्रुप पोखराले पाँचौ टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार बिहान भएको खेलमा आयोजक टोलीले आर्मीलाई ३–० को सेटमा पराजित गरेको हो ।

शनिबार खराब प्रकाशका कारण स्थगित भएको खेल आइतबार पुन: खेलाइएको थियो । जहाँ राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीले आर्मीलाई २५–१४, २५–११, २५–२१ ले सहजै पराजित गरेको हो ।

शनिबार आर्मीले राम्रो प्रदर्शन गरेपनि फेरि खेलाउँदा सोही प्रदर्शनलाई निरन्तरता दिन सकेन । आयोजकले यू-२० राष्ट्रिय टिमका ४ र थाइल्यान्डबाट ३ खेलाडी समावेश गरेर टिम बनाएको छ ।

जितपछि आयोजक टाइगर ग्रुपको टिमसँगै एपीएफ र न्यु डायमण्डले अब विनर ग्रुपमा रहेर खेल्नेछ । जहाँ हरेकले एक आपसमा खेल्नेछ । यस ग्रुपको शीर्ष दुईमा रहने टोलीले क्वालिफायर वान खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यस्तै पराजित आर्मीले भने अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब र ट्राभल इन्क्वारी युनाइटेड रहेको लुजर ग्रुपमा रहेर खेल्नेछ । लुजर ग्रुपले हरेकले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछ । जहाँ उक्त टिमले विनर ग्रुपको तेस्रो स्थानमा रहने टिमसँग एलिमिनेटर खेल्नेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय