+
+

एमाले संसदीय दलको बैठक मंगलबार

संसद् छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै विपक्षी दलहरू एकठाउँमा आएका बेला एमालेले रणनीति तय गर्न संसदीय दलको बैठक बोलाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १३ गते १३:३९

१३ माघ, काठमाडौं । नेकपा एमालेले मंगलबारका लागि संसदीय दलको बैठक बोलाएको छ । मुख्य सचेतक महेश बर्तौलाले १५ माघको दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने जानकारी दिए ।

बर्तौलाका अनुसार संघीय संसद् अधिवेशन अधिवेशन सुरु हुनअघि तयारीका लागि दलको बैठक बस्न लागेको हो । १८ माघबाट संसद् अधिवेशन सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन आह्वान गरिसकेका छन् ।

संसद् छलेर सरकारले अध्यादेशबाट शासन गर्न खोजेको भन्दै विपक्षी दलहरूले मोर्चाबन्दी गरेकाले दलको बैठकमा विधेयकमै केन्द्रित भएर एमालेले छलफल चलाउन लागेको छ ।

दलको बैठकमा आउँदो अधिवेशनमा सरकारले प्रस्तुत गर्ने नयाँ विधेयकहरू तथा पहिले नै संसद्मा आइसकेका र विभिन्न समितिमा छलफलमा रहेका विधेयकमाथि पनि बैठकमा छलफल हुने मुख्य सचेतक बर्तौलाले बताए ।

संसद् भवन नयाँबानेश्वरस्थित लोत्से हलमा बस्ने बैठकलाई संसदीय दलका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

यसैबीच, मुख्य सचेतक बर्तौलाले संसद् अधिवेशनको पहिलो दिन सदनलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी दिएका छन् ।

आजै प्रधानमन्त्रीलाई भेटेका बर्तौलाले सो सन्देश सभामुख देवराज घिमिरेलाई अवगत गराएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?