+

टाइगर कप भलिबल : साविक विजेता हेल्प नेपाल पहिलो खेलमै भारतीय क्लबसँग स्तब्ध

२०८१ माघ  १३ गते १४:१२ २०८१ माघ १३ गते १४:१२
टाइगर कप भलिबल : साविक विजेता हेल्प नेपाल पहिलो खेलमै भारतीय क्लबसँग स्तब्ध

१३ माघ, काठमाडौं । टाइगर कप भलिबलको पुरूषतर्फको साविक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लब पाँचौ संस्करणको पहिलो खेलमै पराजित भएको छ ।

आइतबार पोखरा रंगशालस्थित भलिबल कोर्टमा भएको पुरूषतर्फको पहिलो खेलमा एक सेटको अग्रता लिएर पनि हेल्प नेपाल भारतको सुनिल कुमार भलिबल क्लबसँग ३-१ को सेटमा पराजित भयो ।

हेल्प नेपालले पहिलो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर त्यसपछि भने सुनिल कुमार भलिबल क्लब खेलमा फर्कियो र लगातार तीन सेट जित्यो । दोस्रो सेट सुनिल कुमार क्लबले २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल १-१ को बराबरी गर्‍यो ।

निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट टाईब्रेकमा २७-२५ ले आफ्नो पक्षमा पारेपछि सुनिल कुमार क्लबले २-१ को अग्रता लियो । दुई सेट जितेपछि लयमा आएको सुनिल कुमार भलिबल क्लबले चौथो सेट २५-१६ ले सहजै आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

पाकिस्तानका खेलाडीहरूसहित कोर्टमा उत्रिएको हेल्प नेपालले अपेक्षा अनुसार प्रदर्शन गर्न सकेन । जितपछि सुनिल कुमार भलिबल क्लबले अब विनर ग्रुपमा रहेर खेल्नेछ । जहाँ तीनवटै समूहको विजेता टिमले लिग फर्म्याटमा खेल्नेछ । यस ग्रुपको शीर्ष दुईमा हरने टोलीले क्वालिफायर वान खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यस्तै पराजित हेल्प नेपालले भने अब लुजर ग्रुपमा रहेर खेल्नेछ । यस ग्रुपमा हरेकले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछ भने बाँकी दुई टिम बाहिरिनेछ । लुजर ग्रुपको विजेताले विनर ग्रुपको तेस्रो स्थानमा रहने टिमसँग एलिमिनेटर खेल्नेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय