+

टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको कठिन जित

२०८१ माघ  १३ गते १६:१२ २०८१ माघ १३ गते १६:१२
टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको कठिन जित

१३ माघ, काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ ।

पोखरा रंगशालास्थित भलिबल कोर्टमा आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३-२ को सेटमा पराजित गरेको हो ।

पुलिसले सुरुको दुई सेट २५-२२ र २५-२१ ले जित्दै २-० को अग्रता बनाएको थियो । तर गण्डकीले उत्कृष्ट पुनरागमन गर्द त्यसपछिको दुई सेट २५-१९ र २५-१४ ले आफ्नो पक्षमा पार्दै खेल २-२ को रोमाञ्चक स्थितिमा पुर्‍यायो । त्यसपछि पाँचौ तथा अन्तिम सेट १५-१० ले जित्दै पुलिसले खेल जितेको हो ।

जितपछि पुलिसले अब विनर ग्रुपमा रहेर खेल्नेछ । जहाँ तीनवटै समूहको विजेता टिमले लिग फर्म्याटमा खेल्नेछ । यसअघि नै भारतको सुनिल कुमार भलिबल क्लबले पनि विनर ग्रुपमा स्थान बनाइसकेको छ । यस ग्रुपको शीर्ष दुईमा रहने टोलीले क्वालिफायर वान खेल्नेछ भने तेस्रो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नेछ ।

यस्तै पराजित गण्डकीले भने अब लुजर ग्रुपमा रहेर खेल्नेछ । यस ग्रुपमा हरेकले एक आपसमा खेलेपछि शीर्ष स्थानमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछ भने बाँकी दुई टिम बाहिरिनेछ । लुजर ग्रुपको विजेताले विनर ग्रुपको तेस्रो स्थानमा रहने टिमसँग एलिमिनेटर खेल्नेछ ।

टाइगर कप भलिबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय