+

एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग

२०८१ माघ  १३ गते १८:३६ २०८१ माघ १३ गते १८:३६
एन्फा कार्यसमिति बैठक बोलाउन सदस्यहरूको माग

१३ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमिति बैठक बोलाउनका लागि सातजना सदस्यले पत्रमार्फत सामूहिक माग गरेका छन् । उनीहरूले विभिन्न आठ एजेन्डामाथि छलफल गर्नका लागि बैठक बोलाउन माग गरेका हुन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्‌का तथा दुई उपाध्यक्ष दिर्घ बहादुर केसी र विराटजंग शाहीसहित चार सदस्यहरूले पत्र बुझाएका हुन् ।

एन्फा विधानको धारा ३९ को व्यवस्थाअनुसार प्रत्येक वर्षमा ४ पटक अनिवार्य रुपमा कार्यसमितिको बैठक बस्नुपर्ने प्रावधान हुँदाहुदै लामो समयदेखि बैठक बस्न नसकी कार्य सञ्चालनमा मनोमानी र विधान विपरितका क्रियाकलाप भइरहेको देखिएको उनीहरूले पत्रमा लेखेका छन् ।

यसले कार्यसमितिको अधिकार हनन हुनुका साथै संगठनको अनुशासन र प्रभावकारीतामा गम्भीर असर पुऱ्याएकाले सम्बन्धित विषयलाई ध्यानमा राख्दै एन्फा विधानको धारा ३९ को उपधारा (२) बमोजिम कार्यसमितिको बैठक आव्हान गर्नका लागि उनीहरूले निवेदन पेश गरेका हुन् ।

उनीहरूले आफ्नो वैधानिक अधिकार प्रयोग गरेर विधिन्न आठ बुँदामा छलफल र निर्णय गर्नका लागि बैठक बोलाइदिन अनुरोध गरेका छन् ।

एन्फा कार्यसमिति बैठक

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय