
१३ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बुझाउने तयारी गरेका छन् । आजै बैंक ग्यारेन्टीमार्फत धरौटी बुझाउने तयारी भइरहेको कार्यबाहक प्रवक्ता प्रतिभा रावलले अनलाइनखबरलाई जानकारी दिइन् ।
‘हामी धरौटी बुझाउने प्रक्रियामा छौं,’ रावलले भनिन्, ‘आजै बैंक ग्यारेन्टीमार्फत बुझाउँदैछौं ।’
बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोप लागेका रविलाई रुपन्देही जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ ।
गत बुधबारदेखि भएको बयान, थुनछेक र जवाफी बहसपछि आज न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4