१४ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले संघर्षपूर्ण जित निकालेको छ । गएराति भएको खेलमा युनाइटेडले फुलहामलाई उसैको मैदानमा १-० गोलअन्तरले हराएको हो ।
युनाइटेडको जितमा लिसान्द्रो मार्टिनेजले गरेको एकमात्र गोल नै निर्णायक बन्यो । उनले ७८औं मिनेटमा गोल गरेका थिए । युनाइटेडका लागि कुल चार शटमध्ये सोही गोल मात्रै टार्गेटमा रहन सक्यो ।
फुलहामले तुलनात्मक रूपमा धेरै अवसर बनाउँदा सदुपयोग गर्न सकेन । जितपछि युनाइटेड २३ खेलबाट २९ अंकसहित १२औं स्थानमा उक्लिएको छ । पराजित भएपनि फुलहाम ३३ अंकसहित १०औं स्थानमा छ ।
गएराति नै भएका अन्य खेलमा लेस्टर सिटीले टोटनहामलाई २-१ ले हरायो । त्यस्तै ब्रेन्टफोर्डले क्रिस्टल प्यालेसलाई २-१ ले हराउँदा वेस्ट ह्याम र एस्टन भिल्लाले १-१ को बराबरी खेले ।
प्रतिक्रिया 4