+
+

चाम्सको आगामी लभस्टोरी फिल्मको छायांकन लण्डन र नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १३:०१

काठमाडौं । एघारौं फिल्मको रुपमा निर्देशक मिलन चाम्सले एक लभस्टोरी फिल्म बनाउने भएका छन् । सोमबार थिम पोस्टर सार्वजनिक गर्दै उनले आगामी साता टाइटल घोषणा गर्ने भएका छन् ।

आगामी अगस्टमा लण्डन र नेपालमा छायांकन हुने जनाइएको यो फिल्मलाई चाम्स इन्टरटेनमेन्ट र गोर्खा फिल्मसले निर्माण गर्न लागेका हुन् । राजिव थापाको पटकथा रहने फिल्ममा चाम्सको निर्देशन हुनेछ ।

थिम पोस्टरमा हवाइजहाज र पहाडी भूभागलाई चित्रण गरिएको छ । ‘यो रोचक लभस्टोरी हुनेछ’ निर्देशक चाम्सले भने, ‘लण्डन र नेपालबीचको प्रेमलाई फिल्ममा उतार्न खोजेका हौं ।’

चाम्सले यसअघि वर एण्ड वधु, वीर विक्रम, वीर विक्रम २, बबी, ह्याप्पी डेज, लिलीबिलीजस्ता प्रेमकथामा आधारित फिल्म निर्माण गरेका छन् । यसबाहेक हँसिया, गोर्खा वारिअर उनका एक्सन फिल्म हुन् ।

उनको आउँदो फिल्म ‘अञ्जिला’ प्रदर्शन तयारीमा छ । आगामी मे महिनामा चाम्सको फिल्म करिअरले ११ वर्ष टेक्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?