+
+

हुम्लाबाट ५ लाखको चिनियाँ मदिरा बरामद

नेपालको उत्तरी सीमा नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले  बरामद गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १४:३४

१४ माघ, हुम्ला । नेपालको उत्तरी सीमा नाका हिल्साबाट अवैध रूपमा भित्र्याइएको चिनियाँ मदिरा प्रहरीले  बरामद गरेको छ ।

हुम्लाको सिमकोट गाउँपालिकास्थित कालिञ्चोक बजारको चोकबाट ५ लाख मूल्य बराबरको २९ बोरा ८७ कार्टुन चिनियाँ झिनिगिन्टी मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

८७ काटुनमा १ हजार ४४ बोतल मदिरा रहेको प्रहरीको भनाइ छ । नेपाल भित्र्याइएको चिनियाँ मदिरा प्रति बोतल ५ सय रुपैयाँका दरले बिक्री हुने गरेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?