+
+

नन्दकिशोर पुन राजनीतिमा आउँदा विद्या भण्डारी खुसी

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १५:४३

१४ माघ, विराटनगर।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रको सक्रिय राजनीतिमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङ सहभागी भएकोमा खुसी लागेको बताएकी छन् ।

विराटनगर रहेकी पूर्व राष्ट्रपति भण्डारीसँग पत्रकारहरुले यसबारे प्रश्न गरेका थिए । जवाफमा आफूलाई खुसी लागेको र शुभेच्छा प्रकट गर्ने बताइन् ।

‘उहाँ युवा हुनुहुन्छ, अनुभव छ। राजनीति गरेर आउनु भएको हो । म राष्ट्रपति, उहाँ उपराष्टपति भएर सात वर्ष सहकार्य गरेको हो । खुसी नै लागेको छ, मेरो शुभेच्छा छ’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

तर आफ्नो राजनीतिक सक्रियताबारे भने निर्णय गर्न बाँकी रहको उनले बताइन् । ‘म नेकपा एमालेबाट हुर्किएकाले जाँदा त्यहाँ नै हो । तर छलफलको चरणमा प्रवेश गरेको छैन’, पूर्वराष्ट्रपति भण्डारीले भनिन् ।

यद्यपि राष्ट्रिय राजनीतिमा आफू सक्रिय रहेको बताइन् । ‘राष्टिय राजनीति नै गरेर यो तहसम्म जिम्मेवारी पूरा गरेको अवस्था हो’ भण्डारीले भनिन्, ‘नेपाललाई के गर्दा राम्रो हुन्छ भन्नेमा चासो भइहाल्छ नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?