+

अस्पतालबाट डिस्चार्ज भए सन्दीप लामिछाने

२०८१ माघ  १४ गते २०:४४ २०८१ माघ १४ गते २०:४४
अस्पतालबाट डिस्चार्ज भए सन्दीप लामिछाने

१४ माघ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछाने अस्पतालबाट डिस्चार्ज भएका छन् । क्रिकेटर लामिछानेको बालाजुस्थित सिल्भरलाइन अस्पतालमा गत बुधबार शल्यक्रिया भएको थियो ।

अस्पतालका प्रबन्धक डा. अभिषेक राज सिंहका अनुसार लामिछानेको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको हो ।

लामिछानेको शल्यक्रिया डा. दीपक शर्मा नेतृत्वको टोलीले गरेको थियो ।

शल्यक्रियापछि उनी अस्पतालमा स्वास्थ्यलाभ गर्दै आएका थिए ।

‘उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेकाले उपचारमा संलग्न चिकित्सकको सुझावअनुसार आज अस्पतालबाट डिस्चार्ज गरिएको छ,’ अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय