+
+

कालीमाटीमा सुन्तला आयात घट्यो, माग बढ्यो (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ माघ १४ गते १८:१४

१४ माघ, काठमाडौं । कालीमाटी तरकारी बजारमा सुन्तलाको दैनिक आयात घटेको छ, तर बिक्री भने बढ्दै गएको छ ।  सुन्तलाको सिजन सकिन लागे सँगै आयात घटे पनि सुन्तलाको बिक्रीमा भन कमी नआएको व्यवसायीहरू बताउँछन् ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका प्रवक्ता विनय श्रेष्ठले नेपाली सुन्तलाको सिजन अब विस्तारै सकिनै लाग्दा आयात घटे पनि दैनिक माग भने बढिरहेको बताए ।

उनले अनलाइनखबरसँग भने, ‘अहिले कालीमाटी तरकारी बजारमा बढी नेपाली सुन्तला नै बिक्री भइरहेको छ । हामीले बाहिरबाट सुन्तला ल्याएका छैनौ। तर, सुन्तलाको सिजन विस्तारै सकिन लाग्‍यो। त्यसकारण यसको आगमन घट्दै गए पनि माग भने बढ्दो छ ।’

उनका अनुसार सुन्तलाको दैनिक आगनमन माघ ७ गते ८४ हजार ८०० केजी, माघ ८ गते ४०  हजार ९२५ केजी,  माघ ९ गते ४६ हजार १७५ केजी, माघ १० गते ५० हजार केजी,  माघ ११ गते ४४ हजार ६७५ केजी, माघ १२ गते ४५ हजार २५ केजी, माघ १३ गते ३२ हजार ८७५ केजी पुगेको छ ।

कालीमाटी तरकारी बजारमा सिजनमा पश्चिम नेपालका तनहुँ, स्याङ्जा, म्याग्दी, लमजुङ, गोरखा, बागलुङका सुन्तला आउने गरेको छ भने सिजन सकिनै लाग्दा पूर्वको काभ्रेबाट सुन्तला आउने गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ । ‘सिजनमा तनहुँ, स्याङ्जा, म्याग्दी, लमजुङ, गोरखा, बागलुङका सुन्तला आउँछन्,’ उनले भने, ‘ तर अहिले काभ्रेबाट सुन्तला आइरहेको छ । यताको सुन्तलाको माग बढ्दो छ । ‘

सिजन सकिएलगत्तै भारतबाट सुन्तला आउने गरेको उनले बताए ।  उनका अनुसार सबैभन्दा राम्रो सुन्तला ६ सय रुपैयाँ ढक, मध्यम खालको ५ सय रुपैयाँ र त्यसपछिका ४ सय रुपैयाँ ढक सुन्तला कालीमाटीबाट विक्री भइरहेको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?