+

लखनउ र मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप क्रिकेटको फाइनलमा

२०८१ माघ  १४ गते २१:०३ २०८१ माघ १४ गते २१:०३
लखनउ र मध्यपश्चिम विश्वविद्यालय जय नेपाल कप क्रिकेटको फाइनलमा

१४ माघ, काठमाडौं । भारतको लखनउ विश्वविद्यालय र नेपालको मध्यपश्चिम विश्वविद्यालय काठमाडौंमा जारी जय नेपाल कप अन्तर विश्वविद्यालय टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।

सोमबार भएको सेमिफाइनलमा लखनउले बंगलादेशको ढाका विश्वविद्यालय तथा मध्यपश्चिमले नेपालकै त्रिभुवन विश्वविद्यालयलाई हराएका हुन् ।

पहिलो सेमिफाइनलमा लखनउले ढाकालाई ७ विकेटले हराएको थियो । ढाकाले दिएको १८० रनको लक्ष्य लखनउले १७ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको थियो । यस भारदन्सले सर्वाधिक ८२ तथा मानक कन्डपालले ५९ रन बनाए । ढाकाका लागि सरिक साकिबले दुई तथा महफिज इस्लामले एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको ढाकाले २० ओभरमा ४ विकेट गुमाएर १७९ रन जोडेको थियो । इफ्तिकार हसिनले ९५ तथा सादिक खानले ५९ रन बनाएका थिए ।

दोस्रो सेमिफाइनलमा मध्यपश्चिमले त्रिविलाई ७७ रनले हरायो । मध्यपश्चिमले दिएको १९२ रनको लक्ष्य पछ्याएको त्रिवि १८.३ ओभरमा ११४ रनमा अलआउट भएको थियो । लोकेश बमले सर्वाधिक ४४ रन बनाए । मध्यपश्चिमका लागि बिपिन खत्री, दिवान पुन र सुवास भण्डारीले २-२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मध्यपश्चिमले २० ओभरमा ८ विकेट गुमाएर १९१ रन बनाएको थियो । रविन्द्र जंग शाहीले ६९ तथा दिपक डुम्रेले ६३ रन बनाए । त्रिविका मुकेश ओझाले ४ ओभरमा ६५ रन खर्चेर २ विकेट लिए ।

जय नेपाल कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय