+
+

‘मसी विवाद’ नमिल्दा अखिल क्रान्तिकारीको मतगणना अन्योलमा

अखिल क्रान्तिकारीको मतदानमा रातो मसीले रेजा लगाउने व्यवस्था गरिएको थियो । तर, गणनाको क्रममा कालो मसीले पनि मतदान गरेको भेटिएपछि विवाद भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते १९:३८

१४ माघ, काठमाडौं । मतपत्रमा प्रयोग गरिएको ‘मसी विवाद’ नमिल्न नसक्दा अखिल क्रान्तिकारीको नयाँ नेतृत्वका लागि भएको मतदानको गणना अन्योलमा परेको छ ।

अखिल क्रान्तिकारीको मतदानमा रातो मसीले रेजा लगाउने व्यवस्था गरिएको थियो । तर, गणनाको क्रममा कालो मसीले पनि मतदान गरेको भेटिएपछि विवाद भएको हो । विवादका कारण दुई प्रदेश (विश्वविद्यालय र विशेष प्रदेश)को गणना हुन सकेको छैन ।

अध्यक्षका चार उम्मेदवारमध्ये विजय शर्मा सापकोटाले कालो मसीले गरेको मतदान पनि सदर गर्नुपर्ने अडान लिएका छन् । अध्यक्षका बाँकी उम्मेदवारहरू हेमन्त राई, उपदेश यादव र सुदिन पौडेलले पूर्वनिर्धारित रातो मसीको प्रयोगलाई मात्र सदर गर्न सकिने अडानमा छन् ।

अध्यक्षका उम्मेदवारहरूबीच कुरा मिल्न नसक्दा आइतबारदेखि रोकिएको मतगणना अझै सुरु हुन सकेको छैन । सोमबार दिउँसो १२ बजेदेखि मतगणना अघि बढाउने सूचना सार्वजनिक गरिएको थियो । तर, विवाद मिल्न नसक्दा गणनामा अन्योल भएको छ ।

गणना भएको परिणाम हेर्दा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधर सापकोटा र महासचिव जनार्दन शर्मा पक्षधर राईबीच कडा टक्कर छ । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठनिकट यादव तेस्रो र अर्का उपमहासचिव वर्षमान पुननिकट पौडेल चौथो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?