
१४ माघ, काठमाडौं। नेकपा एमाले बागमती प्रदेशले तीन महिने जरा अभियानलाई ‘पुराना जगाउ, नयाँ बढाउ’ नाराका साथ सञ्चालन गर्ने भएको छ ।
वडा केन्द्रीत अभियानलाई एमाले केन्द्रले जरा अभियान भनेको छ । आगामी चैतसम्म चल्ने जरा अभियानलाई बागमती एमालेले भने ‘पुराना जगाउ, नयाँ बढाउ’ नारा दिएको प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भक्तकुमारी लामाले बताइन् ।
लामाका अनुसार यो अभियानमा सदस्यता नवीकरण र विस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशन, जनतासँग जनसंगठन, युवा नेतृत्वको विकास लगायत गतिविधि हुनेछन् । ‘संगठनात्मक सुदृढीकरणसँगै हामी पार्टीविरुद्ध भइरहेको हमलाको प्रतिवाद वैचारिक र सैद्धान्तिक शक्तिमार्फत् गर्नेछौं’, लामाले भनिन् ।
१३ वटै जिल्लमा एकसाथ चल्ने यो अभियानको अनुगमन प्रदेश इन्चार्ज र प्रदेश पदाधिकारीहरुले गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4