+

विराटनगरलाई हराउँदै जनकपुर एनकेएलको फाइनलमा

२०८१ माघ  १४ गते २०:२७ २०८१ माघ १४ गते २०:२७
विराटनगरलाई हराउँदै जनकपुर एनकेएलको फाइनलमा

१४ माघ, काठमाडौं। जनकपुर नाईट्स नेपाल कबड्डी लिग (एनकेएल) को फाईनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा सोमबार भएको क्वालिफायर वानमा विराटनगर ब्यानडिट्सलाई रोमाञ्चक खेलमा ३४-३२ ले पराजित गर्दै जनकपुर उवाधि नजिक पुगेको हो।

पहिलो हाफमा जनकपुरले उत्कृष्ट प्रदर्हन गर्दै २३-११ को अग्रता बनाएको थियो।दोस्रो हाफमा विराटनगरले २०-११ को अग्रता बनाएपनि जितसम्म पुग्न सकेन ।

लिग चरणमा शीर्ष स्थानमा रहेको जनकपुर र दोस्रो स्थानमा रहेको विराटनगरबीच पहिलो क्वालिफायर नपकै प्रतिस्पर्धात्मक भएको थियो। जहाँ जनकपुरले आफ्नो प्रभावशाली प्रदर्शनलाई कायम राख्दै फाईनल पुग्ने टिम बनेको हो।

विराटनगरले अब फाईनल प्रवेशका लागि अर्को अवसर पाउनेछ।

आजै काठमाडौं माभरिक्स र धनगढी वाईल्डक्याट्सबीच एलिमिनेटर खेल हुनेछ र यश खेलको विजेता र विराटनगरबीच क्वालिफायर टु हुनेछ।

एनकेएल जनकपुर नाईट्स नेपाल कबड्डी लिग विराटनगर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय