+
+

रास्वपा संसदीय दलको बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १४ गते २०:४३

१४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय दलको बैठक आह्वान गरेको छ । दलका उपनेता विराजभक्त श्रेष्ठले पार्टी विधानको दफा १३(१) बमोजिम माघ १६ गते बिहान ११ बजे बस्नेगरी दलको बैठक बोलाएका हुन् ।

दलका नेता रवि लामिछाने सांसद पदबाट निलम्बित भएपछि उपनेता श्रेष्ठले पहिलोपटक विधानअनुसार कार्यकारी अधिकार प्रयोग गर्दै दलको बैठक बोलाएको नेताहरूले बताएका छन् ।

केन्द्रीय कार्यालयमा बुधबार बस्ने बैठकमा संसदको आगामी अधिवेशन तयारीका सम्बन्धमा छलफल हुनेछ । यसैगरी समसामयिक जनसरोकारका विषय, रास्वपाले उठाउनुपर्ने मुद्दाहरू टुंग्याइने उपनेता श्रेष्ठले बताए ।

‘अध्यादेशको विषय उठाउँछौं । अध्यादेश अध्ययन गर्न कार्यदल बनाएर छलफल गर्दैछौं,’ केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘यसैगरी सरकार गठन र ढल्ने कुरामा जोडिएको नयाँ स्टक लाइसेन्स पनि छ । अदालत र संसद् छलेर ल्याएको यो विषय पनि सशक्त उठाउँछौं ।’

यो विषयमा संसदीय समितिमै आफूहरुले नोट अफ डिसेन्ट राखेको उनले स्मरण पनि गराए ।

उपनेता श्रेष्ठले संसदमा उठाउनुपर्ने बेथितिका प्रमुख विषयवस्तुमा विपक्षी दलहरूसँग परामर्श भइरहेको र विपक्षी बेञ्चबाट साझा रुपमा प्रस्तुत हुने तयारी रहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?