+
+

वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफको आईपीओ खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते ८:५१

१५ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको आईपीओ खुलेको छ ।

कम्पनीले सर्वसाधारण समूहमा कुल २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेकोमा सोको १० प्रतिशत २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारमा रहेकाहरुका लागि निष्कासन हुन लागेको हो ।

अनलाइन प्रणाली मेरोसेयरमार्फत न्यूनतम १० तथा अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रवन्धक एनआईएमबी एस क्यापिटलले एक सूचनामार्फत जनाएको छ । माघ २९ गतेसम्म आवेदन दिने म्याद तोकिएको छ ।

इक्रा नेपालबाट कम्पनीले बीबी रेटिङ प्राप्त गरेको छ । गत आर्थिक वर्षसम्म यस कम्पनीको प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ २७ पैसा छ । त्यस्तै प्रतिसेयर आम्दानी २ रुपैयाँ ४१ पैसा छ । सञ्चित नाफा ८८ लाख ५५ हजार रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?