+
+

रातो मसीको रेजालाई मात्रै मान्यता दिन अखिल क्रान्तिकारी अध्यक्षका तीन उम्मेदवारको माग 

अखिल क्रान्तिकारीका अध्यक्षका तीन उम्मेदवारले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने माग राखेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १६:३४

१५ माघ, काठमाडौं । अखिल क्रान्तिकारीका अध्यक्षका तीन उम्मेदवारले रातो मसीले रेजा लगाएको मतपत्रलाई मात्रै मान्यता दिनुपर्ने माग राखेका छन् ।

अध्यक्षका उम्मेदवारहरू उपदेश यादव, सुदीन पौडेल र हेमन्त राईले निर्वाचन अधिकृतलाई मागपत्र पेस गरेका छन् ।

रेजाका लागि निर्वाचन समितिले व्यवस्था गरेको ‘रातो मसी कलम’ द्वारा रेजा लगाइएको मतपत्र मात्रै गणना गर्नुपर्ने माग उनीहरूले गरेका हुन् । अन्य रंग भेटिए मत बदर हुने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।

रेजामा कालो मसी समेत भेटिएपछि विवाद भएको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षधरका विद्यार्थीहरू भने दुवै रंगका मसीलाई मान्यता दिएर गणना गर्नुपर्ने पक्षमा छन् ।

वाल्मिकी क्याम्पसबाट पार्टी केन्द्रीय कार्यालयमा मतपेटिका लान नहुने माग समेत उनीहरूले गरेका छन् । वाल्मिकीमा पठनपाठनमा समस्या भएकाले पेरिसडाँडामा लगेर मत गणना गर्ने तयारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?