+
+

खानेपानी तथा सरसफाइका क्षेत्रमा लगानी गर्न खानेपानीमन्त्रीको आग्रह

खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइका क्षेत्रमा अधिकतम लगानी गर्न विकास साझेदारसँग आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १६:५५

१५ माघ, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइका क्षेत्रमा अधिकतम लगानी गर्न विकास साझेदारसँग आग्रह गरेका छन् ।

खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिका लागि भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले यस्तो आग्रह गरेका हुन् ।

नेपालको संविधानले स्वच्छ खानेपानी र सरसफाइको पहुँचलाई नागरिकको मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै उनले १० माघमा खानेपानी तथा सरसफाइ नियमावली, २०८१ कार्यान्वयनमा आइसकेको बताए ।

खानेपानी तथा सरसफाइ क्षेत्रमा बजेट घट्दो क्रममा रहेको र सन् २०३० सम्म सबैको पहुँचमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्‍याउने दीगो विकास लक्ष्य हासिल गर्न चुनौती रहेको उनले बताए ।

आवधिक योजनाहरूले तोकेको लक्ष्य पूर्ण रूपमा हासिल गर्न नसकिएको अनुभव रहेको भन्दै उनले आर्थिक वर्ष २०८५/८६ सम्म पूरा गर्नुपर्ने सोह्रौं योजनाको लक्ष्य पनि अत्यन्त चुनौतीपूर्ण देखिएता पनि क्षेत्रगत लक्ष्यहरू पूरा गर्न सरकार लागि परेको उनले बताए ।

दातृ निकाय र विकास साझेदार क्षेत्रबाट पनि उच्चतम लगानीको आवश्यकता महसुस गरी दातृ निकाय, विकास साझेदार लगायत वास क्षेत्रमा काम गरिरहेका सबै निकायलाई उच्चतम लगानी गर्न उनले आग्रह गरे ।

तीनै तहबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउँदै सबै नेपालीको घर घरमा स्वच्छ खानेपानी र सुरक्षित सरसफाइ पुर्‍याउने अभियान सफल बनाउने साझा लक्ष्य पूरा गर्न उनले सबैसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?