+

अनिल साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त

२०८१ माघ  १५ गते १८:०८ २०८१ माघ १५ गते १८:०८
अनिल साह अप्टिमस ग्लोबलको ब्राण्ड एम्बासडर नियुक्त

१५ माघ, काठमाडौं । शैक्षिक परामर्शदता अप्टिमस ग्लोबलले नेपाली क्रिकेटका ब्याट्सम्यान तथा एनपीएल टिम जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साहलाई ब्राण्ड एम्बास्डर नियुक्त गरेको छ ।

काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै अप्टिमस ग्लोबलले राष्ट्रिय क्रिकेट खेलाडी साहलाई तीन वर्षका लागि ब्राण्ड एम्बास्डर नियुक्त गरेको हो । अप्टिमस ग्लोबलका तर्फबाट अध्यक्ष असीम शर्मा मैनाली र क्रिकेटर साहबीच हस्ताक्षर भएसँगै यो सहकार्य सुरु भएको हो ।

क्रिकेटर साहले अप्टिमस ग्लोबलसँग जोडिन पाउँदा खुसी व्यक्त गर्दै यस्तो सहकार्यलाई जारी राखेमा नेपाली क्रिकेटले थप उचाई प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सम्बोधन गर्दै शैक्षिक परामर्श संघ नेपाल इक्यानका अध्यक्ष शेषराज भट्टराईले नेपाली क्रिकेटको विकास तथा उत्थानमा इक्यानका सदस्य संस्थाहरुको अग्रसरताको प्रशंसा गरेका थिए ।

अप्टिमस ग्लोबलले अमेरिका, अष्ट्रेलिया, न्यूजिल्याण्ड, बेलायत लगायतका देशका विश्वविद्यालयको डिग्री हासिल गर्ने नेपाली विद्यार्थीको चाहनामा सहयोग गर्दै आएको छ ।

अनिल कुमार शाह

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय