+
+

पाथीभरा घटनाबारे आईजीसँग ब्रिफिङ लिंदै गृहमन्त्री

गृह मन्त्रालयबाट पाथिभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते १८:२९
पाथीभरा घटनाका घाइतेहरू/फाइल तस्वीर

१५ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरामा केबुलकार निमार्णको विषयबारे भएको विवादको पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरलाई बोलाएका छन् ।

गृह मन्त्रालयबाट पाथीभराको पछिल्लो अवस्थाबारे बुझ्न भन्दै बोलाएपछि आईजी कुँवर मंगलबार साँझ मन्त्रालय छिरेका छन् । विवादको मुख्य विषय र पछिल्लो अवस्थाबारे गृहमन्त्रीलाई ब्रिफिङ गर्न आईजी मन्त्रालय गएका हुन् ।

पाथीभरामा केबुलकार निर्माणको काम रोक्न स्थानीयले माग गर्दै आएका छन् । ‘नो केबुलकार समूह’ को नामबाट सोमबार प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो ।

यसअघि गृहमन्त्री लेखकले ताप्लेजुङ, पाँचथर, इलाम र धनकुटाका सांसदहरूलाई छलफलका लागि बोलाएका थिए ।

सोमबार केबुलकार निर्माणको विषयमा विवाद हुँदा प्रहरीले गोली चलाएको थियो । सो क्रममा दुई जना घाइते भएका थिए ।

त्यसैगरी भागदौडमा एक जना गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

मुक्कुमलुङ संरक्षण र केबुलकार खारेजी संघर्षरत संस्थाका प्रतिनिधिहरूले १५ माघदेखि अनिश्चितकालीन बन्द आह्वान गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?