+
+

सर्लाहीमा राजमार्ग अवरुद्ध गरेर किन आन्दोलित भयो माओवादी ?

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १५ गते २०:०२

१५ माघ, जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा र उपमेयर लिला कुमारी मोक्तानलाई वन मुद्दा लगाउन खोजेको भन्दै नेकपा माओवादी केन्द्र आन्दोलित भएको छ ।

माओवादी केन्द्रले मंगलबार बागमती नगरपालिकास्थित पुतली चोकमा दुई घण्टा पूर्वपश्चिम राजमार्ग नै अवरुद्ध गरेर जनसभा सम्पन्न गरेको हो ।

राजनीतिक प्रतिशोध साँधेर झूठो मुद्दा लगाउने तयारी गरिएको आरोप लगाउँदै माओवादीले आन्दोलन गरेको हो ।  यसअघि सोमबार साँझ माओवादीका नेता कार्यकर्ताले सर्लाहीको विभिन्न ठाउँमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।

जनसभालाई माओवादी केन्द्रका उपमहासचिव तथा मधेश प्रदेश इन्चार्ज लिलामणि पोखरेलले सरकार आफैं भ्रष्टाचारमा लिप्त भएर विकास प्रेमी प्रतिनिधिलाई राजनीतिक प्रतिशोध साँधेर मुद्दा लगाउन खोजेको आरोप लगाए ।

अहिलेको सरकारले पुँजीपतिकै स्वार्थ पूरा हुनेगरी भूमि सम्बन्धी विधेयक अध्यादेशबाट ल्याएको समेत उनको तर्क छ ।

बागमती, हरिवन, बरहथवा लगायत जिल्लाका विभिन्न स्थानबाट हजारौंको संख्यामा माओवादी समर्थित नेता कार्यकर्ता जनसभामा सहभागी हुन आएका थिए ।

माओवादीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले मुद्दा लगाउने प्रक्रिया अघि बढाए अनिश्चतकालीन जिल्ला बन्द गर्ने चेतावनी दिए ।

बागमती नगर क्षेत्रको खाली पर्ती जग्गामा सुकुम्बासी बस्ती बसाएको आरोपमा जिल्ला वन कार्यालयले थापा र मोक्तानविरुद्ध वन मुद्दा दायर गर्न लागेको भन्दै माओवादी केन्द्र आन्दोलनमा उत्रिएको हो ।

माओवादी केन्द्रले पहिलानै जिल्ला प्रशासन कार्यालय सर्लाही, डिभिजन वन कार्यालय सर्लाही, सागरनाथ वन विकास परियोजना ईश्वरपुर, मधेश प्रदेश सरकारका मुख्यमन्त्री र वन मन्त्रालयमा समेत विभिन्न मागसहित ज्ञापन पत्र बुझाएको थियो ।

मेयर थापा र उपमेयर मोक्तान सम्पति शुद्धीकरण मुद्दामा निलम्बित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?