+
+

संसदीय समितिमा मन्त्री पुगे, सांसद पुगेनन्

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १२:५९
बुधबार पूर्वाधार विकास समितिको बैठकमा उपस्थित भएका ऊर्जामन्त्री खड्कासहित सांसदहरू ।

१६ माघ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक कोरम नपुगेपछि स्थगित भएको छ । बुधबार बिहान साढे ११ बजे बोलाइएको बैठकमा सांसदहरूको गणपुरक संख्या नपुगेपछि स्थगित गरिएको सभापति दिपक सिंहले जानकारी दिए ।

बिहान साढे ११ बजे बोलाइएको बैठकमा १ घण्टासम्म पनि जम्मा १२ जना सांसद मात्रै उपस्थित भएपछि स्थगित गरिएको हो । बुधबारको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।

छलफलका लागि ऊर्जामन्त्री दिपक खड्का र राज्यमन्त्री पूर्णबहादुर तामाङ पनि कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाकक्षमा पुगेका थिए ।

यद्यपि सांसदहरूको कोरम नपुगेपछि ऊर्जामन्त्री र राज्यमन्त्री फर्किएका छन् ।

समितिको बैठकका लागि ५१ प्रतिशत सांसदको उपस्थिति अनिवार्य हुनुपर्छ । हाल २५ सदस्यीय रहेको समितिमा गणपुरक संख्या पुग्न १४ जना सांसद्को उपस्थिति आवश्यक पर्छ ।

बैठकमा सहभागी हुन एमालेबाट ५, कांग्रेसबाट २, माओवादी केन्द्रबाट १, राप्रपाबाट २ र जसपाबाट १ सांसद बैठकक्षमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?