+
+

‘मायावी मेरो निर्देशन करिअरको सुरुवात’

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १६ गते १४:५३

काठमाडौं । शिवरात्रीको अवसरमा फिल्म ‘मायावी’ प्रदर्शन तयारीमा छ । फिल्मका केही गीत र पोस्टर सार्वजनिक भैसकेका छन् र यिनले दर्शकमा कौतुहलता दर्शाएका छन् ।

फिल्मलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । उनी प्रेमकथाका फिल्महरू ‘मेरो जीवन साथी, स्टुपिड मन, ड्रिम्स, क्याप्टेन’ जस्ता फिल्मका लागि परिचित छन् । ‘मायावी’मा भने आफूले मनमा लागेको प्रेमकथा भनेको जनाएका छन् ।

यसबारे उनले भने, ‘मायावी भनेको शाब्दिक अर्थमा सुन्दर जाल हो । आकर्षण हो । मायाबाट दुनियाँ अलग रहन सक्दैन । मायाले नै संसार बाँधेको छ । यसैले, मायाको प्रतिक हो मायावी । बाबुआमा, छोराछोरी, प्रेमिप्रेमिका नै किन नहोस् ? जो कोहीको पनि त्याग, जुनुन हुन्छ । मायावीले यही कथा भन्छ ।’

भट्टराई कथावस्तुबारे अघि भन्छन्, ‘दुनियाँमा प्रेम पाउनेको कथा भन्दा पनि त्याग्नेको कथा नै मजबुत हुन्छ । पीडा पाएर पनि खुसी हुने पात्रको कथा हो मायावी । प्रेमको त्यही त्यागको कथामा हामीले फिल्म बनाएका छौं ।’

पोखरा सेरोफेरोमा खिचिएको सामान्य वर्गको परिवारको कथामा यो फिल्म बनाएको उनी बताउँछन् । यसपटक दर्शकले फरक स्वादको प्रेमकथा फिल्ममा हेर्न पाउने उनको तर्क छ । भन्छन्, ‘धनाढ्यका लागि पैसा कमाउनु खुुसीको कुरा होला, सामान्य व्यक्तिका लागि नयाँ कपडा किन्दा खुसी मिल्न सक्ला । हामीले यस्तै–यस्तै कथा फिल्ममा भनेका छौं ।’

निर्देशकको रुपमा ‘मायावी’बाट सन्तुष्टि मिलेको दावी उनको छ । ‘म रोम-कम जनराका फिल्मको निर्देशक हुँ । मनदेखि भन्न खोजेको कथा हो मायावी । यो कथा भन्न सक्छु भनेर नै मैले बनाएको हो । म यसबाट करिअर सुरु भएको मान्छु’ उनले भने ।

अघि भन्छन्, ‘मैले यसअघि बनाएका फिल्ममा मेरो कथा थिएन । मैले ती फिल्ममा एउटा निर्देशकको रुपमा काम गरेँ होला । म कस्तो निर्देशक हुँ भनेर यसबाट भन्न चाहन्छु ।’ कथा लेख्दा कोही कलाकारलाई दिमागमा नराख्ने उनको भनाइ छ । आफ्नो दिमागमा ‘जोय’ भन्ने पात्र रहेको र उसको सेरोफेरोमा रहेर यो फिल्मको कथा लेखेको भट्टराइको भनाई छ ।

‘मायावी’मा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, सुशिल सिटौला, करिश्मा श्रेष्ठको अभिनय छ । यो फिल्म फागनु १४ गतेदेखि प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?