+
+

अमेरिकी संघीय अनुदान र ऋण सहायता रोक्ने ट्रम्पको निर्णय स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते ८:५७

१७ माघ, काठमाडौं । संघीय अनुदान र ऋण माथि रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयनबाट ह्वाइटहाउस पछि हटेको छ ।

अनुदान वितरण ९० दिनका लागि स्थगित गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय कार्यान्वयन नगर्न अदालतले आदेश दिएपछि ह्वाइटहाउस पनि पछि हटेको हो ।

राष्ट्रपति ट्रम्पले २० जनवरीमा शपथ ग्रहण गरिसकेपछि  राज्यहरुलाई बाँड्दै आएको संघीय अनुदान सहयोग ९० दिनसम्मका लागि स्थगित गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि सबै देशहरुमा निर्णय कार्यान्वयनका लागि पत्राचार गरिएको थियो ।

यो निर्णयले अमेरिकी सरकारको सहायतामा पर परेका लाखौं व्यक्तिहरुमा त्रास फैलिएको भन्दै जिल्ला अदालतका न्यायाधीश लोरेन अली खानको इजलासले निर्णय तत्काल यथास्थितिमा राख्न आदेश दिएको बीबीसीले जनाएको छ ।

– यसअघि प्रकाशित समाचारमा अमेरिकामा संघले राज्यहरुलाई दिँदै आएको संघीय अनुदान र ऋण सहायता रोक्ने निर्णय स्थगित हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?