+
+

माधवनारायणका व्रतालुद्वारा शेषनारायण पुगेर स्नान (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८१ माघ १७ गते ९:२०

१७ माघ, काठमाडौं । साँखु शालिनदीस्थित माधवनारायणको एक महिने व्रत गरिरहेका व्रतालुले तीर्थयात्राका क्रममा दक्षिणकाली नगरपालिकास्थित शेषनारायण मन्दिरमा पुगेर स्थानका साथै पूजा आराधना गरेका छन् ।

एक महिने व्रतमा बसेका व्रतालुले शेषनारायण मन्दिरमुनिको पोखरीमा स्नान गरी शेषनारायण मन्दिरमा पूजा एवं दर्शन गरेका हुन् ।

शेषनारायण मन्दिरमा पूजाका लागि व्रतालु पशुपतिबाट स्नान गरेर शेषनारायण मन्दिर पुगेका हुन् । उनीहरू आजै साँखु फर्किनेछन् ।

एक महिने व्रतमा रहेका माधवनारायणका व्रतालुले माघ शुक्ल प्रतिपदाका दिन शेषनारायणमा स्नानसहित पूजा आराधना गर्ने प्राचीन परम्परा छ ।

माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकांक्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको वर पाउने धार्मिक विश्वास छ ।

सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ । त्यसबेलादेखि नै माधवनारायण र स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ ।

माघ शुक्ल पूर्णिमाका दिन व्रतालुले व्रत समापन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?