+
+

डिल्लीबजार कारागारबाट भागेका कैदी १४ वर्षपछि समातिए

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ १७ गते २०:०३

१७ माघ, काठमाडौं। डिल्लीबजार कारागारबाट भागेका एक कैदी १४ वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ओखलढुंगाको लिखु गाउँपालिका–२ घर भएका ४५ वर्षीय पेशलराज बुढाथोकी छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गोंगबुबाट बुधबार पक्राउ गरेको हो ।

वैदेशिक रोजगारीको मुद्दामा उनलाई काठमाडौं जिल्ला अदालतले १९ साउन २०६६ मा ३ वर्ष कैद र ३ लाख जरिवाना सुनाएको थियो ।

फैसला भएपछि २५ फागुन २०६६ मा पक्राउ परेर कारागार चलान भएका उनी २९ साउन २०६७ मा कारागारबाटै फरार भएका थिए ।

विदेश पठाउने भन्दै अन्जु महर्जन र सरस्वती मगरलाई ठगी गरेपछि उनीहरु बुढाथोकीविरुद्ध जाहेरी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?