
फाइल तस्वीर
१७ माघ, काठमाडौं । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाबाट प्रहरीले करिब २ सय १० केजी अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
अमलेखगन्जबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ च ३२२७ नम्बरको पिकअप गाडीलाई चेकजाँच गर्ने क्रममा सो मात्राको गाँजा फेला परेको प्रहरीले जनाएको छ ।
चेकजाँचका क्रममा उक्त गाडीका चालक भागेका थिए । उनी भागेपछि प्रहरीले गाडी तलासी गर्दा बक्स पलङभित्र लुकाएर राखिएको गाँजा फेला परेको प्रहरीले बताएको छ ।
चालक फरार छन् । उनको खोजीकार्य भइरहेको प्रहरी केन्द्रीय कार्यालयले जारी गरेको बुलेटिनमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4